मानव प्राणी यस भौतिक संसारमा भौतिक शरीर धारण गरी प्रत्यक्ष भएको छ ।मानव व्यक्तित्व,हैसियत,गुण,स्वभाव क्षमता र योग्यताको प्रदर्शन हुने थलो पनि यही भौतिक जगत हो । मानिसमा भएको सुजनशीलता,प्रतिभा,खोज अनुसन्धानले इतिहास रच्ने तथा भावी समाजका लागी महत्वपूर्ण योगदान दिएर जाने स्थान पनि यही संसार हो । अर्थात समग्रमा यो जगत मानवका लागी कर्मभूमी,धर्मभूमी र एक विशाल रंगमंच हो कर्मको गती गहन छ,कर्मको आधारमा नै यो संसार चलेको छ । जीवनमा सुख दुःखको कारण कुनै व्यक्ति विशेष नभएर मनुस्य आफैले गरेको कर्मको प्रतिफल हो । दिन प्रतिदिन बढ्दै गइरहेको हिंसा अनि अपराध आजको बदलिंदो समाजका लागी एउटा चिन्ताको विषय हो उक्त विचार ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय अन्तराष्ट्रिय मुख्यालय माउण्ट आवु राजस्थान भारतबाटबाट आउनु भएका बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार भगवान भाइले आज घोराही दाङ्ग स्थित जिल्ला कारागार कार्यालयका कैदी वन्दि र कर्मचारीहरुलाई संस्कार परिवर्तन एवं व्यवहार शुद्धि विषयक प्रशिक्षण कार्यक्रमको अवसरमा राख्नु भएको हो ।
कर्मले मनुस्यलाई डाँकुबाट बाल्मिकी वनाउन सक्दछ भन्दै बास्तवमा मनुस्य जीवन अनमोल छ, यसलाई व्यर्थ नकारात्मक कर्म गरी असफल वनाउनु हुदैन । आफूले गरेको गल्तीबाट शिक्षा लिएर स्वयंमा परिवर्तन ल्याउन सक्नुमा नै महानता छ । नेपाल भारतका करिव ८००० भन्दा बढी स्कुल÷कलेजहरु एवं ९०० भन्दा बढी कारागारहरुमा आद्यात्मिक शिक्षाको माध्यामले जीवन रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण आफ्नो नाम इण्डिया बुक अफ रेकर्डमा दर्ता गराउन सफल व्यक्तित्व भगवान भाइले भन्नु भयो– कारागार गृह तपाईहरुको लागी तपोवन हो । एकान्तमा बसेर स्वंयका बारेमा चिन्तन गरेर आफ्नो व्यवहार र संस्कारलाई परिवर्तन गर्नु छ । कुनै पनि मनुस्य जन्मजात अपराधी हुदैन । यो संसारमा आएपछि गलत संगत नकारात्मक सोच, व्यसन,सिनेमा,फेसबुक एवं फेशनको गलत प्रयोगले आजको समाज विभाजन र विखण्डन तर्फ गैरहेको हुंदा नैतिक शिक्षाद्धारा अपराधमुक्त समाजको निर्माण गर्न सकिन्छ । वन्दि कैदीहरुलाई उत्साहित गदै वहाँले जीवनमा अपराध गर्नुको कारण राज्यले तपाईहरुलाई कारागारमा ल्यायो तर यो कारागार होइन सुधार गृह हो । त्यसैले विगतमा आफूले गरेको गल्ती अपराधहरुको चिन्तन गरी तनावमा जानुको सट्टा वदलेर देखाउनु होस् कसै प्रति प्रतिशोध र वदला लिने भावना नलिन आग्रह समेत गर्नु भयो । तनावले अनेकौ शारीरिक र मानसिक समस्याहरु देखा पर्ने भएकोले योग साधना र सकारात्मक जीवनशैलीले स्वस्थ मन र प्रफुल्लित जीवन वनाउन दृढ संकल्प गर्नुपर्ने साथै विपरित परिस्थितिमा धैर्यता र सहनशीलता छोड्न नहुने धारणा राख्नु भयो । हामी एक पिताका सन्तान हौ । परमात्माले यस समय नयाँ संसारको रचना गर्दे हुनुहन्छ तसर्थ हामी सवै आफ्नो जन्मसिद्ध अधिकार लिन मनको एकाग्रता र राजयोगको नियमित अभ्यासको आवश्यकता वताउँदै योगको विधि समेत सिकाउनु भएको उक्त कार्यक्रममा नि.जेलर काशीराम वली नेपाल प्रहरीका प्र.ना.नि.मोहन विष्ट, नेपाली सेनाका रामबहादुर राई, कारागार कार्यालय खुमानन्द रिजाल, ब्रह्माकुमार हरि रिजाल लगायत करिव २५० कैदी