आदर्श समाजमा नैतिक, सामाजिक र आध्यात्मिक मूल्य प्रचलित भएको हुन्छ जसबाट असल जीवन जीउनको निम्ति मार्गदर्शन पाईन्छ ।
नैतिक मूल्यहरुको धारणाद्वारा नै मानव मनका आन्तरिक शक्तिहरुको विकास हुन्छ ।
यो उद्गार प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, माउण्ट आबु, राजस्थान (भारत) बाट पाल्नुभएका ब्रह्माकुमार भगवान् भाईले व्यक्त गर्दै आज विद्यार्थी तथा शिक्षकहरुलाई जीवनमा नैतिक शिक्षामाथि प्रकाश पारिरहेका थिए । गौतम माध्यमिक विद्यालयका छात्र तथा छात्रहरुलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द«, छपकैया, वीरगंजको सभाहलमा प्रशिक्षण दिइएको थियो ।
राजयोग प्रशिक्षक भगवान् भाईले भने, मूल्य जीवनको सुन्दरता, श्रृङ्गार एवं वरदान हो । मूल्य नै मानव जीवनको चरित्रको धोतक हो नैतिक मूल्यको आधार नै हामीले आफ्नो कामजोरीमाथि सफलतापूर्वक सामना गरेर नकारात्मक विचार वाणीमाथि विजय पाउन सक्छौं । तिनले यो पनि भने, मूल्य नै जीवनको निधि हो जसद्वारा हामी सम्पन्न बन्न सक्छौ । जीवनमा खुशी प्रदान गर्ने हाम्रो साँचो मित्र नै मूल्य हो ।
तिनले भने, मूल्यले हामीलाई स्वाबलम्बी एवं निर्बन्धन बनाएर बाहिरी समस्याहरुबाट हामीलाई रक्षा गर्दछ । मूल्य नै मानव जीवनको गरिमा हो जसको धारणाले साँचो सुख, शान्ति, सम्मान प्राप्त हुँदैछ । नैतिक मूल्यको महत्व बताउँदै सामाजिक समस्या, विध्न, अशान्ति आदिलाई सामना गर्नको लागि मूल्यहरुको आवश्यकता पर्दछ । भगवान् भाइजीले भन्नुभयो कि व्यक्तिले यदि चरित्रको उत्थान गर्न चाहन्छन् भने आन्तरिक शक्तिद्वारा आत्मबल, मनोबलको लागि नैतिक मूल्यको आवश्यकता पर्दछ ।
भगवान् भाइजीले नैतिक शिक्षाको महत्व बताउँदै भन्नुभयो, सहनशीलता, नम्रता, धैर्यता, शीतलता, शान्ति, भ्रातृत्व, स्नेह आदि जस्ता सद्गुणहरुद्वारा नै व्यक्तित्वको विकास हुँदैछ । तिनले यो पनि बताए कि नैतिक मूल्यहरुको धारणाले जीवनमा आइपर्ने विभिन्न परीक्षाहरुमा हामी सफल बन्न सक्छौ ।
गौतम मा.वि., वीरगंजका उप–प्रधानाचायले उद्बोधनमा मूल्यहरुको आधारद्वारा नै संसार तथा समाज चल्ने र यदि मानव मूल्यमा कमी रहे सम्पूर्ण संसारमा विपत्ति आउने बताए। उहाँले मूल्य जागृति कार्यक्रमको प्रशंसा गरे । स्थानिय ब्रह्माकुमारी सेवा केन्द«की सञ्चालिका ब्रह्माकुमारी बेली दिदीले आफ्नो उद्बोधनमा भनिन् अवगुण हाम्रो शत्रु हो । अनैतिकता, चोरी, असत्य, व्यसन, नशा तथा क्रोध देखि टाडा रहने सुझाव दिइन् । उनले ईश्वरीय ज्ञान र राजयोगको अभ्यास गरेर पारम्परिक संस्कृतिक अपनाउने सुझाव दिइन् । यसै गरी वीरगंज कारागार का कैदीहरुका बीचमा पनि मानव जीवनमा मूल्यको महत्व बारे प्रशिक्षण दिईएको थियो भने नरसिंह क्याम्पसमा पनि क्याम्पस प्र्रमुख मुना राणा तथा अन्य विशिष्ठ पदाधिकारी लगायत क्याम्पसका सबै स्टाफ, नर्स एवं प्राध्यापक आध्यात्मिक ज्ञानको माध्यम बाट मानवीय मूल्यहरुको विकास गर्दै सबैका लागि प्रेरणादायी र आदर्श जीवन जीउने कलाको विषयमा प्रशिक्षण दिइएको छ ।