ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय माउण्ट आबूका राजयोगी ब्रह्माकुमार भगवान भाइले आधुनिक जीवन शैलीले तनाव उत्पन्न गरेको वताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तम्घास शाखामा भएको साधनामा उहाँले तनावले मानिसलाई विरामीदेखि मृत्युसम्म पु¥याउने वताउनुभयो ।
तनाबबाट बच्नको लागि आफ्नो जीवनशैलीलाई परिवर्तन गर्दै नकरात्मक विचारलाई हटाएर सकरात्मक विचारधारा अवलम्वन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा तम्घास शाखाकी संचालिका ब्रह्माकुमारी सीमा दिदीले शुभकामना मन्तव्य दिनुभएको थियो । राजयोगी ब्रह्माकुमार भगवान भाइ माउण्ट आबूबाट १५ दिनको लागि नेपाल आउनुभएको हो । वहाँले भारतका ५ हजार विद्यालय तथा ८ सय जेलमा यस्ता किसिमका कार्यक्रमहरु प्रस्तुत गरिसक्नुभएको छ । यस्तै गरी जिल्ला प्रहरी कार्यालय, गुल्मीमा आयोजित सकारात्मक विचारहरुबाट तनाबमुक्त जीवन विषयक प्रशिक्षण कार्यक्रममा उहाँले गुणवान र शक्तिशाली बन्नका लागि सकारात्मक विचार धारा अवलम्वन गर्नसके जीवनमा उच्च सफलता हासिल गर्न सकिने वताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता किसिमका कार्यक्रमहरु भ्विष्यमा पनि ल्याउनको लागि आग्रह गर्नुभयो । कार्यक्रममा महिला तथा वालवालिका कार्यालय गुल्मीकी अधिकृत जमुना पौडेल, सुशासन अभियान गुल्मीका अध्यक्ष अध्यक्ष श्यामकुमार पाण्डे लगायत १ सयजनाको सहभागिता रहेको थियो ।